आहा रारा गोल्डकपमा एपिएफको विजयी सुरुवात

आयोजक सहारा क्लबलाई पराजित गरी सशस्त्र प्रहरीको एपिएफ क्लबले पोखरामा जारी आहा रारा गोल्डकपमा सुखद् सुरुवात गरेको छ । उद्घाटन खेलमा एपिएफले सहारालाई २–० गोलअन्तरले हराएको हो । 

१४औँ मिनेटमा आशिष लामिछानेको गोलबाट अग्रता लिएको एपिएफका लागि ६०औँ मिनेटमा प्रदीप लामाले अर्को गोल थपेका थिए ।

जितपछि एपिएफका कोच कुमार थापाले अपेक्षाकृत नतिजा निकालेको बताए । ‘हामीले सोचेको जस्तै नतिजा आयो । अर्को खेलमा केही नयाँ शैलीले खेल्नुपर्छ,’ उनले भने, ‘आयोजक कमजोर टिम थिएन । जित हामीले निकाल्यौँ ।’

आयोजक सहाराका टिम कोच प्रदीप हिराचनले टिमको सेट नमिलेका कारण खेल गुमाएको बताए । ‘हामीसँग सेट टिम थिएन । खेलाडीहरू ढिलो गरी पोखरा आइपुगे,’ उनले भने, ‘यति छोटो अवधिमा सेट मिलाउनै गाह्रो भयो । यत्तिको खेल राम्रै हो ।’ 

माघ १५ गतेसम्म चल्ने प्रतियोगितामा १० टिम सहभागी छन् । प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार पुरस्कार पाउनेछन् । 





  • प्रकाशित मिति : माघ ६, २०७८ बिहीबार १८:१२:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया