संक्रमित बढेपछि किनमेल गर्न भारतीय बजार जान रोक
फाइल तस्बिर

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) कैलालीले संक्रमित बढ्न थालेपछि थप कडाइ हुने भएको छ । डीसीसीएमसी कैलालीले किनमेल गर्न सीमानाका पार गरेर भारतीय बजार जान नेपालीलाई बन्देज लगाउने निर्णय गरेको छ ।

बिहीबार कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । यसअघि यहाँका नागरिक खुलेआम सीमावर्ती बजार जाने गर्थे ।

भारतमा कोरोना संक्रमण दर बढिरहेको अवस्थामा कैलालीबाट दैनिकजसो नेपाली त्यहाँ जाने गरेकाले उक्त निर्णय गरिएको जिल्ला प्रशासन कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।

डीसीसीएमसीले किनमेललगायतका कामले सीमा नाका ओहोर-दोहोरमा रोक लगाउन जिल्ला प्रशासनलाई सिफरिस गरेको उनले बताए । अत्यावश्यक काम परेको खण्डामा कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाएर मात्रै प्रवेश गराउने निर्णयसमेत भएको सूचना अधिकारी जोशीले बताए ।

डिसीसीएमसीले २५ वटा निर्णय गरेको हो । २५ जनाभन्दा बढी भेला हुने गरी कार्यक्रम नगर्न यसअघि नै आदेश जारी भइसकेको बताउँदै त्यसैलाई निरन्तरता दिइएको सूचना अधिकारी जोशीले बताए ।

डिसीसीएमसीको निर्णयअनुसार होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई यात्रा, उद्यान लगायतका सार्वजनिक स्थानमा जाँदा बुधबारदेखि कोभिडविरुद्धको खोप लगाएको कार्ड अनिवार्य गरिने छ ।



भौतिक उपस्थितिमा पठनपाठन नगराउने र पूर्वनिर्धारित सेमेस्टर तथा वार्षिक परीक्षाको हकमा स्वास्थ्यका मापदण्ड अपनाएर व्यवस्थापन गर्ने निर्णय पनि भएको छ । सार्वजनिक सवारी साधानमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न, मास्क नलगाएका यात्रु नचढाउन र सबै प्रकारका मापदण्डको प्रयोग गर्नसमेत आह्वान गरिएको छ ।



  • प्रकाशित मिति : माघ ६, २०७८ बिहीबार १९:१७:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया