देउवा, प्रचण्ड र नेपालबीच बालुवाटारमा भेट, भोलिलाई बोलाइयो गठबन्धनको बैठक
फरकधार / ६ माघ, २०७८

सत्ता गठबन्धनका तीन नेताबीच आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । आजै दिउँसो पाँच दलीय उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भनिए पनि स्थगित भएको थियो । 



समन्वय समितिको बैठक स्थगित भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो । 

माओवादी अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार उनीहरुबीच बालुवाटारमा भेटवार्ता भएको हो । शीर्ष तीन नेताबीचको भेटपछि भोलि दिउँसो ४ बजे गठबन्धनको बैठक बोलाउने निधो भएको मल्लले जानकारी गराएका छन् ।

कोरोना संक्रमण भएपछि एकीकृत समाजवादीका अध्यक्ष नेपाल बाहिर निस्किएका थिएनन् । उनी आज साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । उनी आजबाट भेटघाटमा सक्रिय भएको पनि मल्लले जानकारी गराएका छन् । 



स्थानीय निर्वाचन सारेर संसदीय चुनाव गर्नपर्ने प्रचण्डको प्रस्तावपछि सत्ता गठबन्धनभित्र तरंग छाएको छ । प्रचण्डको प्रस्तावमा कांग्रेसका वरिष्ठ नेता तथा सरकार समन्वय समितिका संयोजक रामचन्द्र पौडेल पनि सहमत देखिएका छन् । 

गठबन्धनका अन्य दलहरुको धारणा भोलि बस्ने बैठपछि आउने बताइएको छ ।

  • प्रकाशित मिति : माघ ६, २०७८ बिहीबार १९:१८:४६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया