श्वेतपत्र जारी गर्दै बागमती प्रदेश सरकार

बागमती प्रदेश सरकारले श्वेतपत्र जारी गर्ने भएको छ । प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार गठन भएदेखि हालसम्मको समीक्षा गर्दै श्वेतपत्र जारी गर्ने निर्णय गरेको स्वास्थ्यमन्त्री निमा लामाले जानकारी दिए । संघीय सरकारको सिको गर्दै बागमती प्रदेश सरकारले श्वेतपत्र जारी गर्ने भएको हो । 

जम्मकट्टेलको संयोजकत्वमा लेखन समिति 

प्रदेश सरकारले हालसम्म गरेको कामको अनुभवसहित प्रगति, कमीकमजोरी र वर्तमान अवस्थालाई समेटेर श्वेतपत्र जारी गरिने स्वास्थ्यमन्त्री लामाले जानकारी दिए । श्वेतपत्र जारी गर्न आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलेको संयोजकत्वमा श्वेतपत्र लेखन समिति गठन गरिएको छ । बैठकले मुख्यमन्त्री राजेन्द्र पाण्डेको संयोजकत्वमा उच्चस्तरीय अनुगमन समितिसमेत निर्माण गरेको छ । 

यसैगरी मन्त्रीहरु नै संयोजक रहने गरी राजनीतिक, प्रशासन तथा विधेयक, आर्थिक सामाजिक तथा पूर्वाधार समिति बैठकले गठन गरेको छ । मन्त्रिपरिषद्को बैठकले मन्त्रालयहरुको कर्मचारी संगठन संरचना र दरबन्दीसमेत स्वीकृत गरेको छ । मन्त्री लामाका अनुसार प्रादेशिक संरचना निर्माण गर्न प्रदेशका प्रमुख सचिवको संयोजकत्वमा जग्गा पहिचान समिति गठन गरिएको छ । समितिलाई प्रतिवेदन बुझाउन सात दिनको समयसीमा दिइएको छ । बैठकले प्रदेशको वित्तीय सुशासन जोखिम मूल्यांकन कार्यविधि–२०७८ समेत स्वीकृत गरेको छ ।





  • प्रकाशित मिति : माघ ६, २०७८ बिहीबार २०:११:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया