पश्चिमी वायुको प्रभाव : आज पनि वर्षा र हिमपातको सम्भावना

आज पनि देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावका कारण शुक्रबार बिहान देशभर आंशिकदेखि सामान्य बदली भएर बागमती र प्रदेश–१ का थोरै स्थानमा हल्का वर्षाका साथै हिमपात भइरहेको छ ।

आज दिउँसो पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा भने हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति देशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हिमपातको सम्भावना कायमै छ । 

देशभर चिसो बढ्ने क्रममा रहेकोले त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ । 





  • प्रकाशित मिति : माघ ७, २०७८ शुक्रबार ७:४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया