गायिका समीक्षा अधिकारीले अभिनेता पल शाहसँगको आफ्नो सम्बन्धको वास्तविक कुरा सार्वजनिक गर्ने बताएकी छन् । बिहीबार फेसबुकमा स्टाटस लेख्दै उनले पलसँगकाे आफ्नो सम्बन्धको वास्तविक कुरा बाहिर ल्याउने बताएकी हुन् ।
समीक्षाले २४ अक्टुबर २०२१ मा सार्वजनिक आफ्नो अभिव्यक्ति वास्तविकताभन्दा बाहिर रहेको र कसैको अनुनयमा लेखिएको समेत उल्लेख गरेकी छन् ।
‘म लामो केही भन्दिनँ, २४ अक्टोबर २०२१ मा मेरो फेसबुकमा लेखिएको यो स्टाटस वास्तविकता भन्दा धेरै टाढा छ । जुन कसैको अनुनयमा लेखेको थिएँ, अब समय आउँदैछ, यथार्थ खुलाउँदैछु,’ उनले लेखेकी छन् ।
गत २४ अक्टोबरमा समीक्षाले पल र आफ्नोबीच अभिभावकको सम्बन्ध मात्र रहेको बताएकी थिइन् । त्यतिबेला उनले पलसँग नाम जोडेर सञ्चारमाध्यमले आफ्नो चरित्रहत्या गरेको पनि उल्लेख गरेकी थिइन् । तर, बिहीबार भने समीक्षाले पहिलेको स्टाटस नै झुट भएको बताएकी छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।