भारतमा एकैदिन ३ लाख ४७ हजारभन्दा धेरैमा संक्रमण पुष्टि

भारतमा पछिल्लाे २४ घन्टामा तीन लाख ४७ हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी ७०३ जना संक्रमितले ज्यान गुमाएका छन् । 

यही अवधिमा २ लाख ५१ हजार ७७७ जना संक्रमणमुक्त भएका छन् । भारतमा सक्रिय संक्रमितकाे संख्या २० लाख १८ हजार ८२५ रहेको छ ।

भारतमा ओमिक्राेन भेरियन्टबाट संक्रमित हुनेकाे संख्या ९ हजार ६९२ पुगेकाे छ।

जाेन्स हाेप्किन्स युनिभर्सिटीका अनुसार भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड ८२ लाख १८ हजार ७७३ पुगेको छ भने हालसम्म चार लाख ८७ हजार ६९३ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा ४८.८५ प्रतिशतले काेराेनाविरुद्धकाे पूर्ण खाेप लगाएका छन् ।





  • प्रकाशित मिति : माघ ७, २०७८ शुक्रबार १०:२२:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया