आइसिसी टी-२० विश्वकपकाे खेल तालिका सार्वजनिक

आइसिसी पुरुष टी-२० विश्वकपकाे खेल तालिका सार्वजनिक भएकाे छ ।

आइसिसीले सार्वजनिक गरेकाे खेल तालिका अनुसार पहिलो चरण अन्तर्गत उद्घाटन खेलमा श्रीलंका र नामिबियाले प्रतिस्पर्धा गर्नेछन् ।

याे खेल अक्टोबर १६ मा अस्ट्रेलियाकाे गिलोङस्थित कार्डिनिया पार्क स्टेडियममा हुनेछ । 

पहिलो चरणको समूह ‘ए’ मा नामिबिया र श्रीलंकासहित ग्लोबल छनोटबाट आउने दुई टिम रहने छन् ।

समूह ‘बी’ मा स्कटल्यान्ड र वेस्ट इन्डिजसहित ग्लोबल छनोटबाट आउने दुई टिम हुनेछन् ।

ओमान र जिम्बावेमा हुने ग्लाेबल छनाेटबाट चार टोलीले विश्वकपको यात्रा तय गर्नेछन् । 



प्रतियोगिताको सुपर १२ का  खेलहरू भने अक्टोबर २२ बाट सुरु हुनेछन् । पहिलो खेलमा आयोजक अस्ट्रेलियाले न्युजिल्यान्डको सामना गर्नेछ । 

सुपर १२ अन्तर्गतको समूह एकमा अफगानिस्तान, अष्ट्रेलिया, इंग्ल्यान्ड र न्युजिल्यान्डसहित पहिलो चरणबाट आउने दुई टोली रहनेछन् ।



समूह दुईमा  बंगलादेश, भारत, पाकिस्तान र दक्षिण अफ्रिकासहित पहिलो चरणबाट आउने दुई टोली रहनेछन् ।

समूह दुई अन्तर्गतको पहिलो खेल भारत र पाकिस्तानबीच २३ अक्टाेबरमा हुनेछ ।

प्रतियाेगिता अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुनेछ ।

  • प्रकाशित मिति : माघ ७, २०७८ शुक्रबार १०:३०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया