कोरोना संक्रमणका कारण १४ जिल्ला ‘रेड जोन’मा

नेपालमा कोरोना भाइरसकाे सक्रिय संक्रमितकाे संख्या ५७ हजार नाघेकाे छ । हालसम्म देशभर ५७ हजार ३२८ जना सक्रिय संक्रमित छन् । देशभरका ७७ वटा जिल्लामै संक्रमण फैलिसकेको छ । 

तीमध्ये १४ जिल्ला  ‘रेड जोन’ मा परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशभर १४ वटा जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् । मन्त्रालयले ५०० भन्दा बढी संक्रमित भएका जिल्लालाई रेड जोनमा राख्ने गरेको छ । 

५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, काभ्रे, मकवानपुर, बाँके, कास्की, रुपन्देही र कैलाली रहेका छन्।

त्यस्तै दुई सयभन्दा बढी संक्रमित रहेका जिल्लामा पर्सा, बारा, महोत्तरी, सप्तरी, सर्लाही, सिराहा, नुवाकोट, नवलपरासी पूर्व, गोरखा, तनहुँ, स्याङ्जा, दाङ, सुर्खेत र कञ्चनपुर छन्।

हालसम्म नेपालमा कोरोनाबाट ९ लाख ९५ हजार जनामा संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये ८ लाख १८ हजार निको भइसकेका छन् । काठमाडौं उपत्यकामा मात्र ३७ हजार ९३ जना सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौं जिल्लामा मात्र २६ हजार ९ सय ९८ जना छन् भने भक्तपुरमा ३७८३ र ललितपुरमा ६६१२ जना सक्रिय संक्रमित छन् । 

नेपालमा कोरोना संक्रमणबाट हालसम्म ११ हजार ६३२ जनाको मृत्यु भएको छ ।





  • प्रकाशित मिति : माघ ७, २०७८ शुक्रबार ११:२२:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया