ओमिक्राेन संक्रमित भएका प्रहरीकाे अवस्था जटिल छैन : प्रहरी उपरीक्षक केसी

नेपाल प्रहरीले कोभिडको तेस्रो भेरियन्ट ओमिक्रोन संक्रमित भएका प्रहरीहरूको स्वास्थ्य अवस्था जटिल नभएको बताएकाे छ ।

नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विष्णुकुमार केसीले कोभिडको तेस्रो भेटियन्ट ओमिक्रोनबाट प्रहरीहरू पनि संक्रमित भएको तर स्वास्थ्य अवस्था जटिल नरहेको बताएका हुन् ।

उपरीक्षक केसीले संक्रमितहरूको संख्या थपिदै गए पनि नेपाल प्रहरीको काममा भने प्रभावित हुने अवस्था नरहेको स्पष्ट पारे ।

प्रवक्ता केसीले फ्रन्ट लाइनमा खटिने प्रहरीहरूका लागि सहज ढंगले बुस्टर खोपको व्यवस्था मिलाइएको पनि बताए ।

उनले भने, ‘फ्रन्टलाइनमा खटिने प्रहरी कर्मचारीहरूलाई तेस्रो खोप अथवा बुष्टर डोज दिने प्रक्रिया अघि बढिरहेको छ । कोभिडको तेस्रो भेरियन्टबाट नेपाल प्रहरी पनि संक्रमित भएकाे छ । जटिल अवस्था भने देखिएकाे छैन । जसले गर्दाखेरि हामीलाई दैनिक शान्ति सुरक्षा कायम राख्न अथवा अन्य क्षेत्रमा काम गर्नका लागि जटिलता उत्पन्न भएको छैन । ।’

काठमाडौंमा नेपाल प्रहरी अस्पताल, पुलिस एकेडेमी र सरकारका तोकेको ठाउँहरूमा गएर पनि प्रहरीलाई बुस्टर खोप लगाउने व्यवस्था मिलाइएको छ । 



प्रवक्ता केसीले काठमाडौं बाहिरका तालिम केन्द्र, प्रदेश कार्यालयहरू, गुल्मलगायतका ठूलो संख्यामा प्रहरी कर्मचारीहरू रहेको ठाउँमा भने सोही ठाउँमा नै सम्बन्धित जिल्ला जनस्वास्थ्य कार्यालयलाई अनुरोध गरेर बुस्टर खोपको व्यवस्था मिलाइएको जानकारी दिए ।

उनले नेपाल प्रहरीका लागि बुस्टर खोप लगाउन कुनै समस्या नरहेको पटकपटक दोहोर्‍याए। 



उनले भने, ‘बुस्टर खोप लगाउने काममा जटिलता छैन । काठमाडौंमा त सहज तरिकाले नेपाल प्रहरी अस्पताल, पुलिस एकेडेमीलगायत सरकारी अस्पताल तथा नेपाल सरकारले तोकेको ठाउँहरूमा गएर बुस्टर खोप लगाउन सकिहाल्नु हुन्छ । त्यो व्यवस्थापन हामीले मिलाएकै छौं ।
बुस्टर खाेपका लागि कुनै समस्या छैन ।’

ओमिक्राेनबाट हालसम्म ६७१ जना प्रहरी संक्रमित भएका छन् ।

  • प्रकाशित मिति : माघ ७, २०७८ शुक्रबार १२:५४:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया