जोर-बिजोर प्रणाली लागू नगर्न काठमाडौं प्रशासनलाई यातायात व्यवसायीको सुझाव
फाइल तस्बिर

यातायात व्यवसायीले सवारी साधनमा जोर-बिजोर प्रणाली लागू नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई सुझाव दिएका छन् । 

शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र सरोकारवाला निकायसँग सवारी साधनमा जोर-बिजोर प्रणाली लागू गर्ने सम्बन्धमा छलफल गरेको थियो । छलफलका क्रममा यातायात व्यवसायीले सवारी साधनमा जोर-बिजोर प्रणाली लागू गरेर कोरोना संक्रमण नियन्त्रण हुने तर्क वैज्ञानिक नहुने बताएका छन् । 

बरु सवारी साधन कम चलेमा यातायातका साधनमा यात्रुको भीड हुने भन्दै व्यवसायी जोर-बिजोर प्रणालीको विपक्षमा रहेका हुन् । यद्यपि, सरकारले गरेको निर्णय आफूहरूले मान्ने व्यवसायीको भनाइ छ । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले सवारी साधनमा जोर-बिजोर प्रणाली नगर्दा प्रभावकारी हुने सुझाव दिएको बताए । सार्वजनिक सवारीको साटो निजी सवारी साधनलाई रोक्नुपर्ने उनको भनाइ छ ।

जोर-बिजोर चल्दा सवारी साधन कम चल्ने र यात्रुको भीड बढ्ने उनले बताए । यो प्रणालीले सवारी साधन जरिवानाको निशानामा पर्ने उनले उल्लेख गरे । त्यसैगरी, व्यवसायीले ट्याक्सी र पर्यटकीय बसलाई पनि जोर-बिजोर लागू गर्नु नहुने सुझाव दिएको महासचिव सिटौलाले बताए ।





  • प्रकाशित मिति : माघ ७, २०७८ शुक्रबार १५:५:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया