धनुषामा मास्क नलगाउने व्यक्तिलाई सय रुपैयाँ जरिवाना तिराइने

कोरोना संक्रमण तीव्र रूपमा फैलिएर जनजीवन अस्तव्यस्त बन्न थालेपछि स्थानीय प्रशासनले जारी गरेको नियममा कडाइ सुरु गरेको छ ।

स्थानीय प्रशासनले नागरिकमाथिको निगरानी बढाउँदै धनुषामा मास्क नलगाउने व्यक्तिलाई जरिवाना तिराउने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले मास्क नलगाउने व्यक्तिलाई सय रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको हाे ।

कोरोना संक्रमण निरन्तर बढ्दै गइरहेको अवस्थामा सर्वसाधारणमा मास्क नलगाउने प्रवृत्ति देखिएपछि स्थानीय प्रशासनले कडाइ गर्ने निर्णय गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।

प्रजिअ पौडेलले जिल्लामा मास्क लगाउन दुई दिने जनचेतनामूलक कार्यक्रमको आयोजना गरिएको बताए । कार्यक्रमपछि पनि मास्क नलगाउने व्यक्तिबाट जरिवाना असुल गरिने उनले बताए ।

आइतबारदेखि मास्क नलगाउने व्यक्तिसँग सय रुपैयाँका दरले जरिवाना असुल गरिने प्रजिअ पौडेलकाे भनाइ छ ।



शुक्रबारदेखि जनकपुरधामको मुख्य बजार क्षेत्रमा मास्क वितरण अभियानको शुरुवात गर्दै जनकपुरधाम उद्योग वाणिज्य संघ र स्थानीय प्रशासनको समन्वयमा जनचेतनामूलक कार्यक्रम समेत आयोजना गरिएको छ ।
 



  • प्रकाशित मिति : माघ ७, २०७८ शुक्रबार १६:२५:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया