प्रधानमन्त्री शेरबहादुर देउवालले कोभिड १९ को नयाँ स्वरूप ओमिक्रोन भाइरसको उपचारको लागि भरपर्दो व्यवस्था सरकारले मिलाएको दाबी गरेका छन् ।
उनले देशवासीको नाममा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
उनले भने, ‘कोभिड १९ को नयाँ स्वरूप ओमिक्रोन भाइरस संक्रमण हुन नदिनका लागि रोकथाम र नियन्त्रण तथा उपचारको व्यवस्था भरपर्दो बनाइएको छ ।’
साथै, देउवाले कोभिड १९ को सामना गर्नका लागि पनि सरकारी पूर्वाधारमा उल्लेख्य सुधार गरिएको जानकारी गराए ।
‘कोभिड १९ को सामना गर्नका लागि सरकारी पूर्वाधार सुधारमा उल्लेख्य सुधार गरिएकाे छ’, उनले भने ।
उनले खोप उत्पादन गर्ने उद्योगीलाई वित्तीय सहुलियत छुट व्यवस्था गर्ने पनि बताए ।
तोकिएको समयभन्दा एक घन्टाभन्दा पनि ढिला गरी देउवालले देशवासीका नाममा सम्बोधन सुरु गरेका हुन् ।
उनले कोरोना महामारीकाबीच ६५ प्रतिशतलाई पूर्ण मात्रामा खोप उपलब्ध गराइएको जानकारी गराएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।