मार्सेलाेलाई काेपा डेल रेकाे कारबाही

स्पेनिस क्लब रियल मड्रिडका ब्राजिलियन डिफेन्डर मार्सेलाेलाई ३ खेलकाे प्रतिबन्धसहित २,२५० युराे जरिवाना लगाइएकाे छ ।

रोयल स्पेनिस फुटबल फेडेरेसन (आरइएफएफ) अन्तर्गत कोपा डेल रेको कमिटीले ३३ वर्षीय मार्सेलोलाई ३ खेलको प्रतिबन्धसँगै २,२५० युरो जरिवाना सुनाएको हो। 

मार्साेलाेलाई सिधै रातो कार्डको लागि एक खेलको निलम्बन र रेफ्रीमाथिकाे प्रतिक्रियाका लागि दुई खेलको प्रतिबन्ध सुनाइएको हो ।

इल्चेविरुद्धकाे खेलमा सिधै राताे कार्ड बेहाेरेका मार्सेलाेले रेफ्रीको निर्णयमा असन्तुष्टि जनाउँदै प्रतिक्रिया दिएका थिए ।

याेसँगै मार्साेलाेले क्वाटरफाइनलमा एथलेटिको बिल्वाओविरुद्धको एक खेलसँगै रियल सेमिफाइनल पुगेमा दुवै लेग गुमाउनेछन् । याे प्रतिवन्ध यो कोपा डेल रेमा मात्रै लागू हुनेछ । 

रियलविरुद्धकाे खेलमा राताे कार्ड बेहाेरेका इल्चेका पेरे मिल्लालाई पनि एक खेलको प्रतिबन्ध लगाइएकाे छ ।



याे खेलमा रियलले २-१ काे राेमाञ्चक जित हात पारेकाे थियाे ।



  • प्रकाशित मिति : माघ ८, २०७८ शनिबार ८:३३:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया