विश्वभर काेराेना भाइरसबाट ५५ लाख ८४ हजारकाे मृत्यु

कोरोना भाइरसको आतंक सारा संसारमा व्याप्त छ । सन् २०१९ को चीनको वुहानबाट फैलिएको भाइरसका अनेकन भेरियन्ट देखिएका छन् । भाइरसले रोकिने नाम लिएको छैन ।

जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार हालसम्म विश्वभर ५५ लाख ८४ हजार ३७ जना संक्रमितले ज्यान गुमाइसकेका छन् भने ३४ करोड ५८ लाख १३ हजार ३९५ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

भाइरसबाट सबैभन्दा धेरै प्रभावित मुलुक हो- अमेरिका । अमेरिकामा हालसम्म ८ लाख ६४ हजार ५५३  जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

अमेरिकापछि ब्राजिलमा ज्यान गुमाउनेको संख्या धेरै छ । ब्राजिलमा हालसम्म ६ लाख २२ हजार ८७५ जनाले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म ४ लाख ८८ हजार ३९६ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

यसैगरी मेक्सिकोमा ३ लाख २ हजार ३९०, पेरुमा २ लाख  हजार ३ हजार ८६८, रुसमा ३ लाख १८ हजार २००, बेलायतमा १ लाख ५४ हजार , इटालीमा १ लाख ४२ हजार ९६३ र  कोलोम्बियामा १ लाख ३१ हजार ८२४ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।
 





  • प्रकाशित मिति : माघ ८, २०७८ शनिबार ८:४८:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया