साेमबार स्वदेश फर्किँदै माओवादी नेता वर्षमान पुन

नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन पर्सि(साेमबार) स्वदेश फर्किने भएका छन् ।

उपचारकाे क्रममा चीन पुगेका पुन साेमबार बेलुका ८ बजे स्वदेश फर्किने उनका स्वकीय सचिव सन्ताेष पुनले जानकारी दिए ।

गत असाेजमा शरीरमा जण्डिसको मात्रा अस्वभाविक रूपमा बढेपछि उपचारका लागि पुन थाइल्यान्ड गएका थिए । थप उपचारका लागि उनी थाइल्यान्डबाटै चीन पुगेका हुन् ।

थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा उपचार गराएका पुन डिस्चार्ज भइसकेका छन् । सचिव पुनका अनुसार अहिले उनी पूर्ण रूपमा स्वस्थ्य भइसकेका छन् ।
 





  • प्रकाशित मिति : माघ ८, २०७८ शनिबार १२:९:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया