न 'अर्ली' न 'डिले', तोकिएको समयमै निर्वाचन हुनुपर्छ : संविधानविद् आचार्य

सत्तारुढ गठबन्धनमा तीनै तहको निर्वाचन कहिले गराउने भन्ने विषयमा बहस भइरहेका बेला संविधानविद् भीमार्जुन आचार्यले तोकिएकै समयमै निर्वाचन हुनुपर्ने बताएका छन् । उनले संविधानमा तोकिएकै समयमा निर्वाचनको परिकल्पना भएको बताएका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रतिनिधिसभाको पाँच वर्ष ननघाइकन निर्वाचन हुनुपर्ने संविधानको व्यवस्था गरेको बताए । त्यस्तै, स्थानीयत तहको पाँच वर्षे कार्यकाल समाप्त भएको मितिले छ महिना भित्र निर्वाचन सम्पन्न भइसक्नुपर्ने व्यवस्था रहेको उनले उल्लेख गरेका छन् ।

'संविधानले न चाँडो (अर्ली) न ढिलो (डिले) तोकिएको समय मै निर्वाचन हुनु पर्ने व्यवस्था गरेको छ। जसअनुसार प्रतिनिधि सभाको पाँच वर्ष (धारा ८५) (५ वर्ष ननघाएर) र स्थानीय तहको 'कार्यकाल (पाँच वर्ष) समाप्त भएको मितिले छ महिना भित्र'( धारा २२५) निर्वाचन सम्पन्न भैसक्नु पर्छ,' उनले भनेका छन् ।

उनले कुन महिना, बार वा साइतमा निर्वाचन भएमा कुन दलले जित्छ भन्नेतिर नलागी समयमै निर्वाचन गराउन आग्रह गरेका छन् । 'कुन महिना, कुन बार वा कुन साइतमा निर्वाचन भएमा कुन दलले जित्छ, संविधानले उल्लेख गरेको छैन। दलहरू यसतर्फ नलाग्ने कि?' उनले भनेका छन् ।





  • प्रकाशित मिति : माघ ८, २०७८ शनिबार १३:४६:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया