कतारको तापक्रम माइनस २.४ मा झर्‍यो

कतारको तापक्रम माइनसर २.४ डिग्रीमा झरेको छ । तापक्रम माइनसमा झरेसँगै पछिल्लो २४ घन्टामा अत्यधिक चिसो बढेको छ । केही दिनदेखि चलेको समुद्री हावासँगै तापक्रम घट्ने क्रम जारी रहेपछि अत्यधिक चिसो बढेको हो ।

एक हप्ताभन्दा बढी समयदेखि लगातार चलेको तीव्र हावासँगै बढेको चिसोले श्रमिक समस्यामा परेका छन् भने जनजीवनसमेत प्रभावित बनेको छ ।

कतारको राजधानी दोहा आसपासमा बिहान ० देखि १३ डिग्री सेल्सियससम्म तापक्रम मापन गरिएको थियो । सबैभन्दा कम माइनस २.४ डिग्री सेल्सियस अबुसामरमा मापन गरिएको छ ।

मौसम विभागले आफ्नो दैनिक प्रतिवेदनमा शनिबार साँझ ६ बजेसम्म दोहाको मौसम तुलनात्मक रूपमा चिसो हुने र दिउँसो केही स्थानमा मेघगर्जन र हावाहुरी चल्ने बताएको छ । अपतटीय क्षेत्रमा धुलो र छिटफुट बादलसँगै तीव्र र उच्च समुद्री हावा चल्ने विभागको चेतावनी छ ।

हावाको गति भित्री दिशाको उत्तरपश्चिमी क्षेत्रमा ८ देखि १८ नटसम्म रहनेछ र दिनको समयमा २४ नटसम्म पुग्ने विभागले जनाएको छ ।

अपतटीय उत्तरपश्चिमी क्षेत्रमा हावाको गति १७ देखि २७ नटसम्म हुनेछ । कहिलेकाहीँ ३७ नटसम्म पुग्ने विभागको आकलन छ । दिनको समयमा भिजिविलिटी ४ देखि ८ किलोमिटर वा सोभन्दा कम हुने छ ।



त्यस्तै, समुद्रमा २ देखि ४ फिटसम्म छाल आउनसक्ने पनि विभागको चेतावनी छ । अपतटीय क्षेत्रमा छाल ४ देखि ८ फिट हुनेछ भने कहिलेकाहीँ १२ फिटसम्म पुग्ने छ ।



  • प्रकाशित मिति : माघ ८, २०७८ शनिबार १८:७:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया