मधेस प्रदेशमा १९९ कोरोनाका नयाँ संक्रमित थपिए

मधेस प्रदेशमा पछिल्लो २४ घण्टामा १९९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ३८७ जनाको पीसीआर परीक्षण गर्दा १९९ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये धनुषाका ४१, सिरहाका ३५, बाराका २९, पर्साका २८, सर्लाहीका १८, सप्तरीका १४, महोत्तरीका ११, रौतहटका १० र अन्य प्रदेशका १३ जना रहेका छन् । 

पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ भने १० जना संक्रमणमुक्त भएका छन् । योसँगै मधेस प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ४० हजार १०१ पुगेको छ । मृत्यु हुनेको संख्या १ हजार ४४ पुगेको छ । त्यस्तै, ३७ हजार ६६१ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य निर्देशनालयका अनुसार हाल प्रदेशभर सक्रिय संक्रमितको संख्या १ हजार ३९६ रहेको छ । जसमध्ये १ हजार ३८३ जना होम आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये ९ जना आइसियू र ४ जना एचडियूमा उपचाररत् छन् ।

मृतक १ हजार ४४ मध्ये सप्तरीका १५८, सिरहाका १३४, धनुषाका १३२, महोत्तरीका ९१, सर्लाहीका ९३, रौतहटका १२८, बाराका १७७, पर्साका १३० र १ जना भारतीय नागरिक छन् । जसमा पुरुष ७५९ र महिला २८५ रहेका छन् ।





  • प्रकाशित मिति : माघ ८, २०७८ शनिबार १८:४७:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया