निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीको विधानबाट हिन्दू राष्ट्र एवं राज संस्था लगायतका शब्द हटाउन भन्दै पत्र पठाएको भन्दै सो पार्टीक पूर्वअध्यक्ष कमल थापाले आपत्ति जनाएका छन् ।
आयोगले माघ २ गते पठाएको पत्र राप्रपा नेता कमल थापाले शनिबार सार्वजनिक गर्दै यस्तो आपत्ति प्रकट गरेका हुन् ।
आयोगले यसअघि माओवादी केन्द्रलाई विधानमा साम्यवाद, वर्ग संघर्ष जस्ता शब्द हटाउन भनेको थियो।
आयोगको पत्रमा भनिएको छ, विधानको प्रस्तावनाको बुँदा ४ मा उल्लेखित ‘सनातन हिन्दू राष्ट्र एवं राज संस्थासहितको प्रजातन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम गर्न’ भन्ने वाक्यांश नेपालको संविधानको प्रस्तावना एवं भावनाको प्रतिकूल देखिएकाले सो वाक्यांश हटाई नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुकूल हुने गरी उल्लेख गर्नुहुन।
त्यस्तै आयोगले राप्रपाको विधाको धारा ४ (क) मा उल्लेखित ‘झन्डाको मध्य भागमा गाई चिह्न भएको’ भन्ने वाक्यांश हटाई सोहीबमोजिम अनुसूचीमा उल्लेख गर्न पनि भनेको छ। साथै, विधानको धारा ५.२ मा उल्लेखित सम्वर्द्धनवाद भन्ने शब्दलाई पनि परिभाषित गर्न भनेको छ।
निर्वाचन आयोगले राप्रपा विधानबाट हिन्दुराष्ट्र र राजसंस्था शब्दावली तथा झण्डाबाट 'गाई'हटाउन दिएको निर्देशन संविधान र प्रजातान्त्रिक मान्यता विपरित छ।अस्विकार्य छ।विगतको यस्तै निर्णय संघर्षबाट हामीले उल्टाएका थियौँ।माघ २गते आयोगले पठाएको पत्र वर्तमान नेतृत्वले किन लुकाएर राखेको छ? pic.twitter.com/wUUz0dDIm0
— Kamal Thapa (@KTnepal) January 22, 2022
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।