खोप अभियान लिएर चेपाङ गाउँमै पुगे स्वास्थ्यमन्त्री लामा

बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामा कोरोनाविरुद्धको खोप अभियान लिएर मकवानपुरको चेपाङ गाउँ पुगेका छन् । मन्त्री लामा खोप अभियान लिएर राक्सिराङ–५ ताङराङ पुगेका हुन् ।

मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकामा रहेका अति सीमान्तकृत​ चेपाङ समुदायमा खोप लगाउने दर कम पाइएपछि समुदायमै खोप अभियान सञ्चालान गर्न मन्त्री लामा गाउँमै पुगेका हुन् ।
  
मन्त्री लामाले १३ जिल्लाका अति सीमान्तकृत, पिछडिएको समुदाय र खोप लगाउने दर कम भएको क्षेत्रमा समुदायस्तरमा खोप अभियान सञ्चालन गरिएको बताए । खोप लगाउन स्वास्थ्य संस्थामा पुग्न नसक्नेहरूलाई समुदायमै पुगेर खोप लगाउन स्वास्थ्यकर्मीलाई निर्देशन दिए ।

त्यसैगरी, भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङले खोपले कोरोनाको जोखिम न्यूनीकरणमा सहयोग गर्ने भएकाले निर्धक्क भएर खोप लगाउन आग्रह गरे ।

खोप लगाउने दर कम रहेको राक्सिराङ र कैलाश गाउँपालिकामा चेपाङ, तामाङ एवं धार्मिक अगुवा, टोल विकास संस्थालगायतको समन्वयमा खोप अभियान समुदायमा खोप लगाउने दर बढाउन प्रदेश सरकारको निर्देशनअनुसार अभियान सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख भीमसागर गुरागाईंले बताए ।

अभियानमा राक्सिराङ गाउँपालिका उपाध्यक्ष निर्मला हिम्डुङ, चेपाङ अगुवा एवं धार्मिक अगुवाहरूको सहभागी रहेका थिए ।





  • प्रकाशित मिति : माघ ८, २०७८ शनिबार २१:९:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया