मेयर शाक्यले गरे काठमाडाैंकाे चाबहिल र मित्रपार्कमा बन्ने आकाशे पुलकाे शिलान्यास

काठमाडौंको चाबहिल चोक र मित्रपार्कमा आकाशे पुलको शिलान्यास गरिएको छ ।

आइतबार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको चाबहिल चोक र मित्रपार्कमा आकाशे पुलको शिलान्यास गरेका हुन् ।

पुल शिलान्यास गर्दै मेयर शाक्यले आकाशे पुल निर्माणपछि ट्राफिक जामको समस्या कम हुने बताए ।

मेयर शाक्यले भने, ‘काठमाडौं महानगरपालिकामा ट्राफिक जामको समस्या धेरै छ । जहाँ गयो त्यहीँ ट्राफिक जाम हुन्छ । त्यसमा पनि चाबहिल चोक अति जाम हुने ठाउँ हो । बाटो फराकिलो छ तर जाम हुन्छ । पहिला पनि यहाँ स्थानीयहरूको मागअनुसार चाबहिल चोकको दक्षिणपटि एउटा पुल हामीले बनाइसक्यौँ । त्यो पुल धेरै उपयोगी पनि भयो । धेरैले सराहना पनि गरे । यस्तै पुल अर्को ठाउँमा पनि बनाइदिनुपर्छ भनेपछि चाबहिल चोकको उत्तरपट्टि शिलान्यास गरेका हौँ । अर्को एउटा पुल फेरि मित्रपार्कमा पनि शिलान्यास गरिएको छ । स्थानीयवासीको सहयोग भए समय अघि नै काम सक्छौँ ।’

पुल निर्माणको ठेक्का सविरा कन्स्ट्रक्सनले पाएको छ । २०७९ जेठ मसान्तसम्म पुल निर्माण सकिसक्नु पर्नेछ । 

दुवै पुल ३३ मिटर लम्बाइ र २ मिटर चौडाइकाे हुनेछ ।
 



 



  • प्रकाशित मिति : माघ ९, २०७८ आइतबार १२:२१:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया