हुम्लाकाे जिल्ला अस्पतालमा आकस्मिकबाहेकका अन्य सेवा बन्द गरिएकाे छ ।
अस्पतालका आठजना स्वास्थ्यकर्मीमा काेराेना संक्रमण देखिएपछि आकस्मिक बाहेककाे सेवा बन्द गरिएकाे हाे।
अस्पताल प्रशासनले अस्पतालबाटै संक्रमण फैलन सक्ने देखिएपछि आइतबारदेखि अर्काे सूचना नआएसम्म आकस्मिक बाहेककाे सेवा बन्द गरिएकाे जनाएकाे छ ।
अब अस्पतालमा आकस्मिक बिरामी, सुत्केरी सेवा, काेराेना परीक्षण र खाेप लगाउने कार्य मात्र उपलब्ध हुनेछ ।
संक्रमित स्वास्थ्यकर्मी आइसाेलेसनमा बसेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।