धनुष-ऐश्वर्या सम्बन्धविच्छेदपछि पनि सँगै

साउथका अभिनेता धनुष र ऐश्वर्या रजनीकान्त वैवाहिक जीवनबाट अलग भएका छन् । त्यसयता दुवै हैदराबादमा छन् । मिडिया रिपोर्टका अनुसार धनुष र ऐश्वर्या हैदराबादको एउटा होटलमा सँगै बसिरहेका छन् ।

यो जोडीले आफ्नो विवाहको १८ वर्षपछि अलग हुने निर्णय गरेको हो । उनीहरूले आफ्नो सामाजिक सञ्जाल एकाउन्टमा पोस्ट गर्दै यसबारे जानकारी दिएका थिए ।

धनुष–ऐश्वर्या सँगै होटलमा

टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार धनुष र ऐश्वर्या हैदराबादको रामोजी राव स्टुडियोको स्टार होटलमा बसिरहेका छन् । यो स्टुडियोमा सुटिङ गर्ने स्टारहरू सो होटलमा बस्छन् । यहाँ दुवैले छुट्टाछुट्टै प्रोजेक्टमा काम गरिरहेको बताइएको छ । धनुष आफ्नो आगामी फिल्ममा व्यस्त छन् ।

यसै क्रममा ऐश्वर्या टिप्स र प्रेरणा अरोराका लागि एउटा प्रेम गीत निर्देशन गर्ने तयारीमा छिन् । यसको सुटिङ २५ जनवरीबाट रामोजी राव स्टुडियोमा सुरु हुनेछ । यो गीत भ्यालेन्टाइन विकमा रिलिज हुनेछ ।

धनुष-ऐश्वर्याको स्टेटमेन्ट



सम्बन्धविच्छेदबारे सामाजिक सञ्जालमा उनीहरूले लेखेका छन् – ‘हामीले एकअर्काको साथी, जोडी, अभिभावक र शुभचिन्तक बनेर १८ वर्षदेखि समझदारी र साझेदारीको लामो यात्रा तय गरेका छौं । आज हामी जहाँ उभिएका छौं, त्यहाँबाट हाम्रो बाटो अलग हुँदैछ । ऐश्वर्या र मैले जोडीको रूपमा अलग हुने निर्णय गरेका छौं । हामी आफूलाई राम्रोसँग बुझ्नका लागि समय दिन चाहन्छौं । हाम्रो निर्णयको सम्मान गर्नुहोस् र हाम्रो गोपनीयतालाई ध्यान दिनुहोस् ।'



  • प्रकाशित मिति : माघ ९, २०७८ आइतबार १३:२१:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया