हत्याको धम्की दिने मन्त्रीलाई कारबाही नगर्नु आपत्तिजनक : एमाले
फाइल तस्बिर

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले हिंसात्मक अभिव्यक्ति दिने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवलाई कारबाही नगरिएकोमा आपत्ति जनाएको छ । एमालेले अध्यक्ष केपी शर्मा ओलीले सरकारको ६ महिनाको समीक्षा गर्दै जारी गरेको वक्तव्यमा मन्त्री यादवको अभिव्यक्ति 'बर्बरतायुक्त' भएको र कारबाही नगरी पदमा राख्नु 'आपत्तिजनक' भएको जनाइएको छ ।

एमालेले संक्रमणकालीन न्यायको विषय छिटो टुङ्ग्याउन र पीडितहरूलाई न्याय दिलाउन गठबन्धन सरकार अनिच्छुक देखिएको पनि आरोप लगाएको छ । गठबन्धनका नेताहरू गम्भीर मानवअधिकार उल्लंघनका घटनालाई ढाकछोप गर्न र दण्डहीनतालाई संस्थागत गर्न लागिपरेका एमालेको टिप्पणी छ ।

'संक्रमणकालीन न्यायको विषय छिटो टुङ्ग्याउन र पीडितहरूलाई न्याय दिलाउन अनिच्छुक गठबन्धनका नेताहरू गम्भीर मानवअधिकार उल्लंघनका घटनालाई पनि ढाकछोप गर्न र दण्डहीनतालाई संस्थागत गर्न लागिपरेका छन् । यसैको एउटा सिलसिलाका रूपमा एकजना मन्त्रीबाट जनमत पार्टीका नेताहरूलाई ‘गौरकाण्ड’जस्तै घटना दोहोर्‍याएर हत्या गर्न धम्की दिइएको छ' एमालेले भनेको छ, 'यस्तो कार्य आपत्तिजनक, आपराधिक र बर्बरतायुक्त छ । यस्तो अभिव्यक्ति दिने व्यक्तिलाई हालसम्म पनि कारबाही नगरी पदमा बहाल राखिरहनु अत्यन्त आपत्तिजनक छ ।'





  • प्रकाशित मिति : माघ ९, २०७८ आइतबार १४:१८:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया