नेपालमा थप २८ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोभिड-१८ सम्बन्धी ब्रिफिङमा मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले ३२ जनाको जिन सिक्वेन्सिङ गर्दा २८ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको जानकारी दिए । यस्तै, चार जनामा डेल्टा भेरियण्टको संक्रमण देखिएको उनले बताए ।
'देशभरबाट एस जिन पोजिटिभ रहेका मध्यबाट संकलिन नमुनामध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिन सिक्वेन्सिङको आज प्राप्ता नतिजाअनुसार ३२ नुमना मध्ये २८ नमुनामा ओमिक्रोन संक्रमण देखिएको छ । बाँकी चार जनामा डेल्टा भेरिन्ट देखिएको छ' उनले भने ।
उनले एस जिन भेटिएका ८८ प्रतिशतमा ओमिक्रोन भेरिन्ट पुष्टि भएको बताए । उनले डेल्टा भेरियन्टको संक्रमणलाई ओमिक्रोन भेरिन्टले प्रतिस्थापन गरेको बताए ।
त्यस्तै आज नेपालमा थप ६ हजार ४६२ जनामा संक्रमण पुष्टि भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।