त्रिविले मंगलबारदेखि अनलाइन कक्षा सञ्चालन गर्ने

त्रिभुवन विश्वविद्यालयले आगामी मंगलबारदेखि अनलाइन कक्षा सञ्चालन गर्ने भएको छ।

यही माघ ११ गतेदेखि अनलाइन कक्षा चलाउन त्रिविले सबै क्याम्पस तथा विभागलाई माघ १० भित्र अनलाइन कक्षाको रूटिन बनाइसक्न आग्रह गरेको छ । 

त्रिवि रजिस्ट्रार कार्यालयअन्तर्गत सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले आज सूचना निकालेर माघ ११ देखि अनलाइन कक्षा सञ्चालन गर्ने उल्लेख गरेका हुन्।

साथै अनलाइन कक्षा व्यवस्थित गर्न सहायक क्याम्पस प्रमुखको नेतृत्वमा ७ सदस्यीय अनलाइन कक्षा व्यवस्थापन समिति गठन गर्न पनि त्रिविले निर्देशन दिएको छ।

कोरोना बढेपछि त्रिविले परीक्षाहरू भने स्थगित गरेको छ। क्याम्पस तथा विभागलाई रूटिन डिन कार्यालयमा पठाउन भनिएको छ । 





  • प्रकाशित मिति : माघ ९, २०७८ आइतबार १७:२३:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया