पत्रकार एलबी मृत्यु प्रकरणमा छानबिन गर्न समिति गठन
फाइल तस्बिर

पत्रकार एलबी विश्वकर्मा मृत्यु प्रकरणलाई लिएर नेपाल निजामती कर्मचारी अस्पतालले छानविन समिति गठन गरेको छ । श्रमजीवी पत्रकार संघ नेपालको दबाबपछि अस्पतालले पत्रकार विश्वकर्मको मृत्यु प्रकरणमा छानबिन गर्न चार सदस्यीय समिति गठन गरेको हो । 

अस्पतालले इमर्जेन्सी विभागका प्रमुख प्रा.डा. दिनेश कुमार लम्साल, उपसचिव कृष्ण सापकोटा, शाखा अधिकृत भेषराज घिमिरे र क्यास काउन्टर इन्चार्ज भेषबहादुर बस्नेत रहेको समिति गठन गरेको हो । समितिलाई तीन दिनभित्र छानविन गरेर प्रतिवेदन बुझाउन समय दिइएको छ । 

अस्पतालको लापरवाहीको कारण समयमा उपचार नपाउँदा मृत्यु भएको र दोषीलाई कारवाही गर्न माग गर्दै उजुरी परेको थियो । सोही घटना सम्बन्धमा के कसो भएको हो ? अध्ययन तथा छानविन गरी सत्यतथ्य विवरणसहित तीन दिनभित्र प्रतिवेदन बुझाउन भनिएको हो । 

गत ५ माघमा उपचारका लागि निजामति अस्पताल पुगेका विश्वकर्मालाई अस्पतालले उपचार नगरी रिफर गरेको आरोप परिवारले लगाएको थियो । सोही आधारमा अस्पतालमा उजुरी समेत परेको थियो । उनको उपचार नगरी अन्यत्र रिफर गरेको र सोही कारण मृत्यु भएको भन्दै छानविनका लागि चौतर्फी दबाब परेको थियो । 

५ गते राति निजामति अस्पतालमा उपचारका लागि गएका पत्रकार विश्वकर्माले केही पैसा बुझाउन नसक्दा अन्यत्र रिफर गरेको थियो । रिफर गरेर अर्को अस्पताल पुर्याउँदा ढिलाई भएर मृत्यु भएको पाटन अस्पतालले जनाएको छ । निजामति अस्पतालबाट पाटन अस्पताल लैजाँदा उनको मृत्यु भइसकेको थियो ।





  • प्रकाशित मिति : माघ ९, २०७८ आइतबार १८:३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया