बैतडीमा एक पुरुष र दुई महिला मृत फेला

बैतडीको सुर्नया नदीमा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको पाटन नगरपालिका वडा नम्बर ३ र ४ को सीमामा पर्ने सैन्देउनजिक सुर्नया नदीमा २६ वर्षका एक पुरुषको शव फेला परेको हो।

इलाका प्रहरी कार्यालय पाटनले मृतकको पहिचान हुन नसकेको बताएको छ । आइतबार बिहान स्थानीयले नदीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलतर्फ प्रहरी टोली खटाइएको छ। 

यस्तै, बैतडीमा बालुवाखानीमा च्यापिएर दुई महिलाको मृत्यु भएको छ। उनीहरुको शुक्रबार साँझै मृत्यु भएको भए पनि घटना आज सार्वजनिक भएको हो। 

डिलासैनी गाउँपालिका वडा नं २ पन्त्यौडामा सिँचाइ योजनाका लागि बालुवा निकाल्दै गर्दा स्थानीय तारा लुहार र माया लुहारको मृत्यु भएको स्थानीयले जानकारी दिए।





  • प्रकाशित मिति : माघ ९, २०७८ आइतबार २०:३७:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया