वेस्ट इण्डिजविरुद्ध इंग्ल्याण्डको रोमाञ्चक जित

वेस्ट इण्डिजविरुद्धको टी-२० श्रृंखलाको दोस्रो खेलमा पाहुना टोली इंग्ल्याण्ड १ रनले विजयी भएको छ । यो जितसँगै उसले पाँच खेलको सिरिज १–१ को बराबरीमा ल्याएको छ । पहिलो खेलमा इंग्ल्याण्ड ९ विकेटले पराजित भएको थियो । 

आज बिहान भएको सिरिजको दोस्रो खेलमा इंग्ल्याण्डले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको वेस्ट इण्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७० रन बनायो । अन्तिम ओभरमा जितको लागि वेस्ट इण्डिजलाई ३० रनको आवश्यकता थियो । यो ओभरमा अकिल होसेनले लगातार तीन छक्काका र दुई चौका हिर्काउँदै टिमलाई जित नजिक पुर्याए । उनले १६ बलमा चार छक्का र तीन चौकासहित अविजित ४४ रनको पारी खेले । 

त्यस्तै, रोमारियो सेफर्डले २८ बलमा पाँच छक्का र एक चौकाको मद्दतमा नटआउट ४४ रन नै बनाए । उपकप्तान निकोलस पूरन २४, डारेन ब्रावो २३ र फाबियन आलेन १२ रनमा आउट हुँदा बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न पाएनन् । 

बलिङमा मोइन अलीले तीन, आदिल राशिदले दुई, क्रिस जोर्डन र रीसी टाेप्लेले एक/एक हात पारे । त्यसअघि, बार्बाडोसस्थित ब्रिजटाउनमा टस हारेर ब्याटिङको मौका पाएको इंग्ल्याण्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनायो । 

उसका लागि जेसन रोयले ४५, मोइन अलीले ३१, क्रिस जोर्डनले २७, टम ब्यान्टनले २५ र कप्तान इयोन मोर्गनले १३ रन बनाए । बलिङमा जेसन होल्डर, फाबियन आलेनले दुई/दुई, किरण पोलार्ड, रोमारियो सेफर्ड, अकिल होसेन र सेल्डन कोट्रेलले एक/एक विकेट लिए । इंग्ल्याण्ड र वेस्ट इण्डिजबीचको तेस्रो टी–२० खेल बिहीबार हुनेछ ।  





  • प्रकाशित मिति : माघ १०, २०७८ साेमबार ७:१३:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया