सुर्खेतमा लागुऔषधसहित २ जना पक्राउ

सुर्खेतमा लागुऔ‍षधसहित दुई जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा जिल्लाकाे वीरेन्द्रनगर नगरपालिका-६ शनिहल लाइनस्थित एसके माेबाइल मर्मत केन्द्रका सञ्चालक २७ वर्षीय सुनिल खत्री रहेका छन् ।

लागुऔषध नियन्त्रण ब्युराे शाखा कार्यालयबाट खटिएकाे प्रहरी टाेलीले आइतबार  १४० मिलिग्राम ब्राउन सुगरसहित खत्रीलाई पक्राउ गरेकाे हाे ।

यस्तै, वीरेन्द्रनगर नगरपालिका-८ कुइनेपानी जंगलमा ब्राउन सुगरजस्ताे देखिने दुई क्वार्टर खैराे धुलाे पदार्थ काराेबार गरिरहेकाे अवस्थामा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तिला गाउँपालिका-५ जुम्ला निवासी २६ वर्षीय दीपक बुढा रहेका छन् । 

पक्राउ परेका दुवैजनाको हिरासत कक्ष राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





  • प्रकाशित मिति : माघ १०, २०७८ साेमबार १०:३:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया