पछिल्लो चौबिस घण्टामा विश्वमा थप २२ लाख २५ हजार २९६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । योसँगै विश्वमा कोरोना संक्रमित हुनेको संख्या ३५ करोड नाघेको छ ।
वल्डोमिटर्सको अनुसार विश्वमा हालसम्म ३५ करोड १९ लाख ७७ हजार ८८४ जनालाई कोरोना संक्रमण भइसकेको छ । संक्रमितमध्ये हालसम्म ५६ लाख १४ हजार ५५६ जनाले ज्यान गुमाइसकेका छन् ।
विश्वमा पहिलोपटक कोरोना भाइरसको संक्रमण सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो । त्यसपछि यो विश्वभर फैलिएको हो ।
विश्वमा सबैभन्दा बढी कोरोना संक्रमण अमेरिकामा रहेका छन् । वल्डोमिटर्सका अनुसार हालसम्म अमेरिकामा ७ करोड १९ लाख २५ हजार ९३१ जनामा कोरोना संक्रमण भइसकेको छ । अमेरिकामा रहेका संक्रमितमध्ये ८ लाख ८९ हजार १९७ जनाको मृत्यु भएको छ ।
अमेरिकापछि कोरोना संक्रमितको दोस्रो ठूलो संख्या भारतमा रहेको छ । भारतमा हालसम्म ३ करोड ९५ लाख ४३ हजार ३२८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमितमध्ये भारतमा ४ लाख ८९ हजार ८९६ जनाले ज्यान गुमाइसकेका छन् ।
वल्डोमिटर्सका अनुसार हालसम्म ब्राजिलमा २ करोड ४० लाख ४४ हजार ४३७, फ्रान्समा १ करोड ६९ लाख ९२ हजार ४३२, बेलायतमा १ करोड ५८ लाख ५९ हजार २८८, रुसमा १ करोड ११ लाख ८ हजार १९१ र टर्कीमा १ करोड ९ लाख ४७ हजार १२९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।