तालिबानका सदस्यहरू र पश्चिमी अधिकारीहरूबीच बैठक बस्ने भएकाे छ । बैठक आज नर्वेमा बस्नेछ ।
अफगानिस्तान नियन्त्रणमा लिएपछि तालिबानले पहिलाे पटक पश्चिमी अधिकारीहरूसँग बैठक बस्न लागेकाे हाे ।
तीन दिनसम्म चल्ने यस बैठकमा मानवअधिकार र मानवीय विपत्तिका विषयमा विशेष छलफल हुने अपेक्षा गरिएको छ ।
संयुक्त राष्ट्रसंघले अफगानिस्तानको करिब ९५ प्रतिशत जनसंख्यासँग पर्याप्त खाना नभएको बताएको छ ।
तर, युरोपका केही मानिसले तालिबानसँगको यो बैठकको विरोध पनि गरिरहेका छन् । कतिपय ठाउँमा प्रदर्शन पनि भइरहेको छ । आन्दोलनरत मानिसहरूले तालिबानसँगको यो बैठकमा ध्यान दिन नहुने बताएका छन् ।
आइतबार तालिबान सदस्यहरूले मानवअधिकार कार्यकर्ताहरूसँग पनि भेटवार्ता गरेका थिए । यद्यपि उनीहरूबीच के छलफल भयो र के भयो भन्ने विवरण खुल्न भने बाँकी नै छ।
सोमबार हुने तालिबान सदस्य र युरोपेली अधिकारीहरूको बैठक सबैभन्दा महत्वपूर्ण हुने विश्वास गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।