मनोज गजुरेललाई दोस्रोपटक कोरोना पुष्टि
फरकधार / १० माघ, २०७८

हास्य कलाकार मनोज गजुरेललाई दोस्रोपटक कोरोना संक्रमण पुष्टि भएको छ । उनले सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका छन् ।



‘पहिलेजस्तो सातो लिने र दोश्रो जस्तो ज्यानै लिने चाहिँ हैन । तर थला चाहिँ राम्रैसँग पार्दो रहेछ । ढुक्कसँग उपचार गरौं, केही नहुन्जेल केही पनि हुँदैन,’ मनोजले लेखका छन् ।

उनले ओमिक्रोन पुष्टि भएर होम आइसोलेसनमा, अस्पतालमा तथा आईसीयुमा भर्ना भएका सबैलाई शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् । 



यसअघि पनि मनोजलाई कोरोना पुष्टि भएको थियो । उनी केही दिनको अस्पताल बसाइपछि निको भएका थिए । 



  • प्रकाशित मिति : माघ १०, २०७८ साेमबार ११:३३:५८,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया