बसकाे ठक्करबाट माेटरसाइकल चालककाे मृत्यु
फरकधार / १० माघ, २०७८

सुनसरीमा बसको ठक्करबाट माेटरसाइकल चालककाे मृत्यु भएकाे छ ।



मृत्यु हुनेमा तेह्रथुम साब्लाका ४५ वर्षीय बमबहादुर लिम्बु रहेका छन् । 

आइतबार साँझ १ ख ६१६२ नम्बरको बसले इटहरीबाट विराटनगर जाँदै गरेकाे को ११ प ७९३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएकाे थियाे ।



दुर्घटनामा परी गम्भीर घाइते भएका लिम्बुकाे उपचारकाे क्रममा एपेक्स अस्पतालमा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।



बस र चालक दुवैलाई नियन्त्रणमा लिई प्रहरीले थप अनुसन्धान गरिरहेकाे छ ।
 

  • प्रकाशित मिति : माघ १०, २०७८ साेमबार १२:१८:५१,   अन्तिम अपडेट : माघ १०, २०७८ साेमबार १२:२१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया