भारतीय क्रिकेट टिमका पूर्व कप्तान विराट कोहली र बलिउड नायिका अनुष्का शर्माकी छोरी वामिकाको तस्वीर पछिल्लो समय सामाजिक सञ्जालमा भाइरस बनिरहेको छ ।
दक्षिण अफ्रिका विरुद्धको तेस्रो वन डेमा अनुष्का र वामिका पनि क्रिकेट रंगशालामा देखिएका थिए ।
सोही बेला वामिकाको तस्वीर एक जना फोटोग्राफरले लिएका थिए ।
छोरी वामिकाको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेपछि विराट र अनुष्काले अहिले छोरीको तस्वीर शेयर नगर्न आग्रह गरेका छन् ।
‘हाम्रो छोरीको तस्वीर हिजो स्टेडियमा क्लिक गरिएका हो, जुन लगातार शेयर भइरहेको छ । हामीलाई थाहा थिएन क्यामराको नजर हामीमाथि थियो । छोरीको तस्वीरको सम्बन्धमा हाम्रो धारणा पहिला जस्तो नै छ । वामिकाको तस्वीर क्लिक नगर्न र नछाप्न हामी अनुरोध गर्दछौं, यसको कारण पनि हामीले पहिला नै बताइसकेका छौं,’ विराट र अनुष्काले भनेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।