भोजपुरी अभिनेता दिनेशलालसँग जोडी बाँध्दै शिल्पा पोखरेल

अभिनेत्री शिल्पा पोखरेलले भोजपुरी फिल्ममा अभिनय गर्ने भएकी छन् । उनले चलचित्र ‘निरहुआ चलल लन्दन–२’ र ‘हनुमान की गली’मा अभिनय गर्ने भएकी हुन् । 

शिल्पाले यी दुई चलचित्रमा भोजपुरी सुपरस्टार दिनेशलाल यादवसँग जोडी बाँध्ने छिन् । यी दुवै फिल्म सोनु खत्रीले निर्देशन गर्नेछन् । दुवै फिल्ममा शिल्पा औपचारिक रूपमा अनुबन्धित भएकी छन् । 

शिल्पाले रहरले भन्दा पनि भोजपुरीमा आफ्नो स्थान बनाउन काम गर्न लागेको प्रतिक्रिया दिएकी छन् । 

शिल्पा अभिनित यी दुई चलचित्रमा अभिनेत्री अम्रपाली दुवेको पनि भूमिका देख्न पाइनेछ ।   





  • प्रकाशित मिति : माघ १०, २०७८ साेमबार १३:१९:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया