काठमाडाैं उपत्यकामा थपिए ४ हजार ६७६ संक्रमित

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४ हजार ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उपत्यकाका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात् थप ४ हजार ६७६ जनामा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

संक्रमितमध्ये काठमाडौंमा ३ हजार ६३४, भक्तपुरमा ४५५ र ललितपुरमा ५८७ जना रहेका छन्।

मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा सक्रिय संक्रमितको संख्या ३८ हजार ५८१, ललितपुरमा ९ हजार ५१ र भक्तपुरमा ५ हजार ११० रहेकाे छ । 

पछिल्लाे २४ घण्टामा देशभर १० हजार ३१९ जना संक्रमित थपिएका छन् भने ४ जनाको मृत्यु भएको छ।
 





  • प्रकाशित मिति : माघ १०, २०७८ साेमबार १६:३६:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया