कर्णालीका मुख्यमन्त्रीको सम्पत्ति विवरण सार्वजनिक

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले मुख्यमन्त्री भएको करिब चार महिनापछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

उनको सम्पत्ति विवरण मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आफ्नो वेबसाइटमा राखेको छ । सम्पत्ति विवरण अनुसार ५६ तोला सुन, २ किलो चाँदी, ९५ लाखको कार र ठाउँ–ठाउँमा जग्गा रहेको उल्लेख गरिएको छ । 

हुम्लाको सिमकोट ६ मा ३७३ कित्ता नम्बर र ७२३.७५ क्षेत्रफल वर्ग किलोमिटर, काठमाडौं महानगरपालिका १६ मा १६३ कित्ता नम्बर र ३३०.७५ क्षेत्रफल, श्रीमती वसन्ती शाहीको नाममा हुम्ला जिल्लाको सिमकोट ६ मा १८१ कित्ता नम्बर र ५४८।२५ क्षेत्रफलमा जग्गा, बाँके जिल्लाको खजुरामा २ बिघा (करिब १० लाख बराबरको) जग्गा रहेको उल्लेख गरिएको छ । 

यो सम्पत्ति सबै पुर्ख्यौली तथा जागिर र व्यापार, व्यवसायबाट खरिद गरेको उल्लेख गरेका छन् । 

मुख्यमन्त्री शाहीले चौँरी, जुमा, गाई, गोरु गरेर १२ वटा, घोडा दुईवटा र भेडाबाख्रा ५० वटा रहेको र सबै आफ्नै घरमा पालेको विवरणमा उल्लेख गरेका छन् ।





  • प्रकाशित मिति : माघ १०, २०७८ साेमबार १७:३८:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया