भारतमा पछिल्लो समय आएको कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण अनेक चिन्ता थपिएको छ । भारतीय सार्स कोभिड २ जिनोम कँसोर्सियमका अनुसार भारतमा कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनको अब समुदायमा पनि फैलावट हुन थालेको छ ।
पछिल्ला केही दिनमा भारतका विभिन्न अस्पतालमा कोभिड १९ का संक्रमितको संख्या बढ्न थालेको र आइसियू बेडहरु भरिन थालेको बताइएको छ । तर, योसँगसँगै भारतमा ओमिक्रोनका संक्रमितहरुमा खासै लक्षण देखिएको छैन ।
भारतीय अंग्रेजी अखबार द हिन्दू तथा द टाइम्स अफ इन्डियाले पहिलो पानामा नै यसलाई प्राथमिकता दिएर प्रकाशन गरेका छन् । समुदायमा ओमिक्रोन संक्रमित बढ्न थालेको भन्दै यसको चेन ब्रेक गर्न अब समस्या हुनसक्ने बताउन थालिएको छ ।
तर, अहिलेसम्म भारतीय स्वास्थ्य मन्त्रालयले कम्युनिटी ट्रान्समिसनको शब्दावली प्रयोग गरेको छैन । स्वास्थ्य मन्त्रालयले यो शब्दावलीलाई गत वर्ष पनि प्रयोग गरेको थिएन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।