पाकिस्तानमा पहिलो पटक महिला न्यायाधीश

पाकिस्तानको सर्वोच्च अदालतमा पहिलो पटक महिला न्यायाधीशले सपथ लिएकी छिन् । पाकिस्तानको राजधानी इस्लामावादमा आएशा मलिकले आज सपथ लिएसँगै उनी पहिलो महिला न्यायाधीश बनेकी छिन् । 

५५ वर्षकी मलिकले अब सर्वोच्चमा अन्य १६ जना पुरुष न्यायाधीशसँग बेन्च सेयर गर्नेछिन् ।

दशकौंको संघर्षपछि यो सफलता आफूहरुले पाएको पाकिस्तानका अधिकारकर्मीहरुले बताएका छन् । यसअघि मलिक त्यहाँको एक उच्च अदालतमा न्यायाधीश भएकी थिइन् । त्यहाँ पुरुषसम्बन्धीका विभिन्न मुद्दामा उनले गरेका फैसलाहरुलाई ऐतिहासिक रुपमा लिन थालिएको छ । 





  • प्रकाशित मिति : माघ १०, २०७८ साेमबार २०:२२:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया