नेटोले पूर्वी यूरोपमा युद्ध पोत र लडाकु विमान पठायो

युक्रेन मुद्दाबारे रूस र पश्चिमा देशबीच जारी तनाव बढेको छ ।  सोमबार नेटोले पूर्वी युरोपमा अतिरिक्त लडाकू विमान र युद्ध पोत तैनाथीको घोषण गरेसँगै युक्रेन संकट थप गहिरिएको बिबिसीले जनाएको छ। 

उता, युक्रेनमाथि रूसको हमलाको आशंकाका बीच आयरल्याण्डले पनि आफ्नो तटीय क्षेत्रमा युद्ध जस्तो अवस्था उत्पन्न हुन नदिने जनाएको छ । 

युक्रेनमाथि रूसी हमलाको अवस्थामा अमेरिका र यूरोपीय संघ कडा जवाफी कारबाहीको लागि साझा कदम उठाउने सम्भावनाबारे छलफल गरिरहेका छन् । 

रूसले आफ्नो छिमेकी देश युक्रेनको सीमामा करिब एक लाख सैनिक र ठूलो संख्यामा हतियार तैनाथ गरेको छ । यसलाई लिएर तनावको अवस्था बनेको छ । 

तर, रुसले भने युक्रेनमाथि आक्रमण गर्ने योजनालाई अस्वीकार गर्दै आएको छ । 





  • प्रकाशित मिति : माघ १०, २०७८ साेमबार २१:४५:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया