क्यामरुनको रंगशाला बाहिर भागदौड, ६ जनाको मृत्यु
फरकधार / ११ माघ, २०७८

क्यामरुनको राजधानी सहर याओन्डेलको एउटा रंगशालामा भएको भागदौडमा ६ जनाको मृत्यु भएको छ । साथै, एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् ।



क्यामरुनको सरकारी टेलिभिजनका अनुसार सोमबार अफ्रिका कप अफ नेसन्स म्याच हुनुअघि सो भागदौड भएको थियो ।

ओलेम्बी रंगशालको प्रवेशद्वारमा भागदौड हुँदा दुःखद घटना भएको क्यामरुनको सरकारी सञ्चार माध्यम सीआरटीभीले जनाएको छ । ६० हजार क्षमताको रंगशालामा कोभिड–१९ का कारण ८० प्रतिशत मात्रै दर्शकलाई स्वीकृति थियो ।  

खेल पदाधिकारीका अनुसार ५० हजार मानिसले रंगशाला प्रवेशका लागि प्रयास गरेका थिए । भागदाैडका बाबजुद अन्तिम १६ अन्तर्गतको खेल भने भएका छन् ।  



  • प्रकाशित मिति : माघ ११, २०७८ मंगलबार ९:९:६,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया