युक्रेन संकटः अमेरिकाले साढे ८ हजार सैनिक तयारी अवस्थामा राख्यो

युक्रेनमा रुसी सेनाले आक्रमण गर्ने सम्भावना बढ्दै गएपछि अमेरिकाले साढे ८ हजार सैनिकलाई हाई अलर्टमा राखेको छ । 

पेन्टानले युक्रेनको सीमामा तनाव बढेका कारण साढे ८ हजार अमेरिकी सैनिकलाई युद्धको लागि पूर्णरुपमा तयार अवस्थामा राखेको जनाएको हो । 

अमेरिका युद्धको तयारी गरिरहेको भएपनि उसले युक्रेनमाथि रुसले ठूलो आक्रमण नगर्ने बताएको छ । 

रुसले पछिल्लो समय युक्रेनको सीमा एक लाखभन्दा बढी सैनिक तैनाथ गरेको छ । 

पश्चिमी देशहरुले युक्रेन मामिलामा एउटै रणनीति अपनाउने निर्णय गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार युरोपेली सहयोगी राष्ट्रका समकक्षीसँग युक्रेनका विषयमा भिडियो कन्फ्रेन्समा छलफल गरेका थिए । 

नेटोेले र्यापिड रिएक्सन फोर्स सक्रिय गर्ने वित्तिकै तयारी अवस्थामा राखिएको अमेरिकी सैनिक तैनाथ गरिने पेन्टागनका प्रेस सचिव जोन किर्बीले बताएका छन् । 





  • प्रकाशित मिति : माघ ११, २०७८ मंगलबार १०:४३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया