रियालिटी सो ‘सिङ्गरः सोल फुल भ्वाइस’को घोषणा, विजेताले २५ लाखसहित कार पाउने

पछिल्लो समय नेपालमा एकपछि अर्को रियालिटी सोको आयोजना भइरहेको छ । यही भिडमा ‘सिङ्गरः सोल फुल भ्वाइस’ नामक रियालिटी सोको घोषणा गरिएको छ । यो सो डिएआर मुभिज एण्ड फिल्म इन्डस्ट्रिज प्रालिले आयोजना गर्न लागेको हो । 

फ्रेन्चाइज रियालिटी सोहरूको प्रतिस्पर्धा भइरहेको समयमा आफ्नै मौलिक सोको शुभारम्भ गर्न लागिएको सञ्चालक श्याम धितालले जानकारी दिए । ‘भाषाको दायरा तोडेर परिचित गायक गायिकालाई नेपालमा चलिआएका प्रमुख ६ भाषा सहितको गायन प्रतियोगिता हो सिङ्गर,’ उनले भने ।  

विजेताले नगद २५ लाखसहित कार र गीति एल्बम निकाल्ने अवसरसम्म प्राप्त गर्ने आयोजकले जनाएको छ । आयोजकका अनुसार ‘सिङ्गरः सोल फुल भ्वाइस’ आगामी वैशाखमा ‘नेपाल नेटवर्क टेलिभिजन’ को शुभारम्भसँगै प्रशारण सुरु हुनेछ ।  





  • प्रकाशित मिति : माघ ११, २०७८ मंगलबार ११:२०:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया