मंगलबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले वृद्धि भएको छ । आज छापावाल सुन ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ कायम गरिएको छ । सोमबार तेजाबी सुन प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ३०० सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ८४१ डलर आसपास कारोबार भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।