ताप्लेजुङमा धान उत्पादन वृद्धि
फाइल तस्बिर

यो वर्ष हिमाली जिल्ला ताप्लेजुङमा उत्पादन वृद्धि भएको छ । जिल्लाको नौ स्थानीय तहमा धान खेतीयोग्य ८ हजार ७३७ हेक्टर क्षेत्रफल जमिनमा धान खेती गरिएको थियो । 

सो खेतीबाट २२ हजार १७.२४ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र पाँचथर, सम्पर्क कार्यालय ताप्लेजुङका कृषि प्राविधिक सहायक केदार धितालले जानकारी दिए ।

गत वर्ष ८ हजार ३०० हेक्टर क्षेत्रफलमा गरिएका खेतीमा २१ हजार ८२ मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष राम्रो वर्षा हुनुका साथै मौसम अनुकूल भएकाले धान उत्पादन वृद्धि भएको कार्यालले जनाएको छ । 





  • प्रकाशित मिति : माघ ११, २०७८ मंगलबार १२:३६:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया