भारतमा पूर्वमन्त्रीले कांग्रेस छाडे, भाजपामा प्रवेश गर्ने

भारतमा पूर्व केन्द्रीय मन्त्री आरपिएन सिंहले भारतीय कांग्रेसबाट राजीनामा दिएका छन् । उनले सामाजिक सन्जाल ट्विटरमा एउटा विज्ञप्ति राख्दै आफूले गणतन्त्र दिवसको उत्सव मनाइरहँदा राजनीतिक जीवनको नयाँ अध्याय सुरु गर्ने निर्णय गरेको जनाएका छन् ।

कांग्रेस छाडेका उनी आजै भारतीय जनता पार्टीमा प्रवेश गर्ने चर्चा भारतमा चलेको छ । 

बिबिसीको हिन्दी सँस्करणअनुसार उनले भाजपाबाट पडरौनाको संसदीय निर्वाचनको टिकटसमेत पाएका छन् । पडरौनामा उनको प्रभाव यसअघि पनि थियो ।

उनका बाबु पनि सन् १९८० मा इन्दिरा गान्धी सरकारमा भारतका राज्यमन्त्री बनेका थिए । आरपिएन सिंहकी पत्नी सोनिया सिंह चाहिँ न्युज च्यानल एनडिटिभीमा काम गर्छिन् ।





  • प्रकाशित मिति : माघ ११, २०७८ मंगलबार १३:३१:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया