सुदूरपश्चिम प्रदेश : पहिलोपटक ४ जनामा ओमिक्रोन संक्रमण पुष्टि
फाइल तस्वीर

सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएको छ । पहिलो पटक प्रदेशका ४ जनामा ओमिक्रोनको संक्रमण पुष्टि भएको हो ।

सुदूरपश्चिम सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीका अनुसार कञ्चनपुरका २, बझाङ र डोटीका एक/एक जनामा संक्रमण पुष्टि भएको छ । कञ्चनपुरको दोधराचाँदनी नगरपालिकाका ४२ वर्षीय पुरुष, पुनर्वासका २९ वर्षीय पुरुष, डोटीको पूर्वीचौकीका ४८ वर्षीय पुरुष र बझाङको विथ्थडचिरका ३३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको कार्कीले जानकारी दिए ।

कोभिड पुष्टि भएको १६ दिनपछि उनीहरुको ओमिक्रोनको रिपोर्ट आएको हो ।  ‘कोरोना पुष्टि भएका १४६ जनाको भेरियन्ट पुष्टि गर्न काठमाडौं पठाइएको थियो,’ उनले भने, ‘उनीहरुमध्ये ४ जनामा ओमिक्रोन पुष्टि भएको छ ।’

कार्कीका अनुसार संक्रमण पुष्टि भएका सबै त्रिनगर–गौरीफन्टा नाका भएर स्वदेश फर्केका नागरिक हुन् । ‘पुस २५ गते भेरियन्ट पहिचानका लागि काठमाडौं पठाइएकोमा सोमबार ओमिक्रोन पुष्टि भएको हो,’ कार्कीले भने ।

ओमिक्रोन देखिएकाहरू हाल सम्पर्कबाहिर रहेको छन् । मन्त्रालयका प्रवक्ता कार्कीले सम्बन्धित जिल्ला तथा पालिकासँगको समन्वयमा तत्काल सम्पर्कमा ल्याउन आग्रह गरिएको बताए ।





  • प्रकाशित मिति : माघ ११, २०७८ मंगलबार १४:३४:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया