गौतम गम्भीरलाई कोरोना संक्रमण
फाइल तस्वीर

भारतीय टिमका पूर्व क्रिकेटर गौतम गम्भीर कोरोना भाइरस संक्रमित भएका छन् । पूर्व ओपनर ब्याट्सम्यान गम्भीरले ट्वीटरमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । 

हल्का लक्षण देखिएपछि कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको उनले बताए । उनले आफ्नो सम्पर्कमा आएका व्यक्तिलाई कोरोना परीक्षण गराउन आग्रह गरेका छन् ।

कोरोना संक्रमित भएको जानकारी दिँदै गम्भीरले ट्विटमा भनेका छन्, ‘सामान्य लक्षण देखेपछि मलाई कोरोना संक्रमण भएको पाइयो । मेरो सम्पर्कमा आएका सबैलाई आफ्नो परीक्षण गराइदिनुहुन अनुरोध छ । सुरक्षित रहनुहोस् ।' 

गत वर्ष नोभेम्बरमा परिवारका एक सदस्यमा कोरोना संक्रमण भएपछि गम्भीरले आफूलाई घरमै आइसोलेसनमा राखेका थिए । ओमिक्रोन भेरियन्टका कारण भारतमा कोरोनाको तेस्रो लहरको प्रकोप जारी छ । संक्रमितहरू द्रुत गतिमा बढिरहेका छन् ।





  • प्रकाशित मिति : माघ ११, २०७८ मंगलबार १४:५३:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया